काठमाडौँ : किर्गिस्तानसँग पराजित भएपछि नेपाल काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको छ। श्रीलङ्काको कोलम्बोमा आज भएको फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो। पहिलो सेट नेपालले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो।
दोस्रो सेटमा किर्गिस्तानले नेपाललाई २०–२५ ले हराउँदै १–१ को बराबरमिा पुरयायो। तेस्रो सेट किर्गिस्तानले पुन २५–२१ ले आफ्नो पक्षमा लियो।
चौथो सेटमा नेपालले २५–१३ ले कब्जा गरेपछि खेल पाँचौँ सेटमा धकेलिएको थियो। पाँचौँ तथा निर्णायक सेटमा नेपाल १५–११ ले पराजित भएपछि उपाधि किर्गिस्तानले जितेको हो। आजै भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै आयोजक श्रीलङ्काले तेस्रो स्थान हात पारेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij