काठमाडौं : नेपाल हङकङ सिक्सेसमा लगातार दोस्रो खेलमा पराजित भएको छ। दक्षिण अफ्रिकाले आज नेपाललाई ४ विकेटले पराजित गरेको छ। नेपाललाई ३.३ ओभरमा ५८ रनमा अल आउट गरेको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित निकाल्यो ।नेपालका लागि दुबै विकेट लोकेश बमले लिए ।त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो । अब नेपालले अन्य समूह रहेका पुछारका टोली सम्मिलित ‘बाउल लिग’ खेल्नेछ । उक्त समूहमा नेपालसहित श्रीलंका, यूएई र समूह सी को टोली रहनेछ । आज नै ७:५० बजे नेपालले श्रीलंकाको सामना गर्दैछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij