काठमाडौँ : नेपालकै सबैभन्दा ठुलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) सोमबारदेखि तल्लो मुलपानी मैदानमा सुरु भएको छ । डे–नाइट मोडमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन तीन रोमाञ्चक खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा अपन जनकपुरले काठमाडौँ किङ्सलाई ३७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा विराटनगत रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी राइडर्सलाई १३ रनले हरायो ।
त्यस्तै, तेस्रो खेलमा पोखरा फाल्क्न्सले कर्णाली हाइल्यान्दर्समाथि तीन रनको रोमाञ्चक जित निकालेको छ । प्रतियोगिताको पहिलो दिन नै दर्शकहरूले उच्च स्तरको प्रतिस्पर्धा र मनोरञ्जनको मजा लिएका छन् ।
एनएसपिएललाई देशभरका टेनिस बल क्रिकेटप्रेमीहरूले नेपाली खेल क्षेत्रमा नयाँ आयामका रूपमा हेरिरहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij