Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आइसीसी विश्वकप लिग–२ क्रिकेटमा अमेरीकासँग नेपालको लगातार तेस्रो हार

आइसीसी विश्वकप लिग–२ क्रिकेटमा अमेरीकासँग नेपालको लगातार तेस्रो हार

काठमाडौँ : आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। आज भएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो।जितका लागि नेपालले दिएको २७२ रनको बलियो लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। अमेरिकाको जितमा सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको योगदान गरे। मिलन्द कुमारले ७० तथा शायन जहाँगीरले ३६ रन जोडे।

कप्तान मोनांक पटेलले २१ रन बनाए। बलिङतर्फ सन्दीप लामीछानेले सर्वाधिक ३ विकेट लिए। त्यसअघि आइसीसी एकेडेमी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले ४९.५ ओभरमा सवै विकेट गुमाउँदै २७१ रन बनाएको थियो।

नेपालका लागि दिपेन्द्र सिँह ऐरीले सर्वाधिक ७५ तथा करण केसीले ४९ रन बनाए। कुशल भुर्तेलले ४७ तथा भीम सार्कीले ४३ रन जोडे। कप्तान रोहित पौडेलले ३६ रन जोडे। गुल्शन झा ५ रनमा आउट हुँदा आरिफ र आशिफ शेखले २–२ रन जोडे।

बलिङतर्फ हर्मित सिँहले सर्वाधिक ३ विकेट लिए। जारी प्रतियोगितामा नेपाल जितविहीन छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो।जितसँगै शीर्ष स्थानको अमेरिकाले ३४ अंक जोडेको छ। १९ खेलबाट १२ अंक जोडेको नेपाल सातौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij