काठमाडौँ : नेपाली महिला यु–१९ भलिबल टोलीलाई आगामी कात्तिक १८ देखि २३ गते श्रीलङ्कामा आयोजना हुने काभा यु–१९ महिला भलिबल च्याम्पियनसिप खेल्न शनिबार बिदाइ गरिएको छ।
उक्त अवसरमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र नेपाल भलिबल सङ्घका पदाधिकारीहरूले खेलाडीलाई शुभकामना दिएका छन्। कोलोम्बोमा हुने च्याम्पियनसिपमा नेपालसहित श्रीलङ्का, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहनेछ।
नेपाली टोलीको नेतृत्व कप्तान जेनिसा विश्वकर्माले गर्नेछ भने प्रशिक्षक कुमार राईले टोलीको घोषणा यसअघि नै गरिसक्नुभएको छ। टोलीमा मिना सुनार, आसिका क्षेत्री, क्रिस्मा डांगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, स्न्निता खत्री, रेविका लामा तामाङ र विनिता राना रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij