Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

युएईलाई नेपालको २३४ रनको लक्ष्य, रोहित पौडेलको शतकीय इनिङ

युएईलाई नेपालको २३४ रनको लक्ष्य, रोहित पौडेलको शतकीय इनिङ

काठमाडौँ :  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २३४ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनायो ।

नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै १३० बलमा पाँच चौका र दुई छक्कासहित १०९ रनको शतकीय इनिङ खेले । त्यसअघि ओपनर आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन जोडे ।

बलिङतर्फ युएईका जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन, मोहम्मद रोहिद र हैदर अलीले समान एक÷एक विकेट हात पारे । युएई अहिले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij