Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ।दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं खेल हो।

एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवैका दुई लागि यो खेल पुनरागमन गर्ने अवसरसमेत हो। यस त्रिकोणात्मक सिरिजमा दुबै एसियाली टोलीले अमेरिकासँग हार बेहोरिसकेका छन्।नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो। यूएई पनि अमेरिकासँग ४ विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो।

नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेको छ।नेपाल हाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ। १७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ।समान खेलमा मात्र ३ जित हात पारेको यूएई ६ अंकसहित पुछारमा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij