Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एरिकालाई एक लाखसहित सम्मान

एरिकालाई एक लाखसहित सम्मान

काठमाडौँ : नेपाल सितोरियो कराते सङ्घले मलेसियामा हालै सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई एक लाख रुपियाँसहित सम्मान गरेको छ ।

सङ्घले मङ्गलबार एरिकासँगै उहाँका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । खेलाडीलाई नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह, तथा महासचिव दावा लामाले सम्मान गर्नुभयो ।

एरिकाले सिरिज वानमा ६८ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको थियो । सिरिज वानमा नेपालले जितेको यो पहिलो पदक हो । सोही अवसरमा सङ्घले इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपका लागि छनोट हुन सफल सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा लगाएर सम्मान गरेको थियो

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij