Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

काभा कप भलिबलमा नेपालको पहिलो जित, माल्दिभ्सलाई स्ट्रेट सेटमा पराजित

काभा कप भलिबलमा नेपालको पहिलो जित, माल्दिभ्सलाई स्ट्रेट सेटमा पराजित

काठमाडौं : बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ। कप्तान हरिहजुर थापाको नेतृत्वमा नेपालले शनिबार माल्दिभ्सलाई ३–० को सेटमा पराजित गर्दै शानदार जित हात पारेको हो।

नेपालले खेलका तीनै सेट क्रमशः २५–२१, २५–२३ र २५–१८ ले आफ्नो पक्षमा पार्‍यो। यससँगै समूह चरणमा लगातार दुई खेल गुमाएपछि नेपालले तेस्रो खेलमा पहिलो जित निकाल्न सफल भएको छ।

नेपाल भलिबल संघका सदस्य प्रविण श्रेष्ठका अनुसार आजको खेलमा धनबहादुर भट्ट उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दि म्याच घोषित भए।

यसअघि नेपालले ताजिकिस्तानसँगको पहिलो खेल ३–० ले र दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ सेटले पराजय व्यहोरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij