Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भारतमा त्रिदेशीय फुटबल: आज नेपाल र इरान आमनेसामने

भारतमा त्रिदेशीय फुटबल: आज नेपाल र इरान आमनेसामने

काठमाडौँ : भारतमा जारी त्रिदेशीय अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल इरानविरुद्ध खेल्दैछ । भारतको सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ ।

सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपाली टोली इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ । इरानले भने पहिलो खेलमै भारतलाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ ।

सन् २०१९ मा भारतकै कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कपमा नेपालले इरानलाई पराजित गरेको थियो । फिफा बरियतामा इरान ७०औँ स्थानमा रहेको छ भने नेपाल ८९औँ स्थानमा छ ।

नेपाली टोलीमा कप्तान सावित्रा भण्डारीसँगै अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिरा भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर लगायतका खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij