Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘साम्बा’ को कप्तानीमा महिला फुटबल टोलीको घोषणा

‘साम्बा’ को कप्तानीमा महिला फुटबल टोलीको घोषणा

काठमाडौँ : नेपालले कात्तिक ७ गते इरान र १० गते भारतसँग सिलोङमा खेल्ले मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यु–२० राष्ट्रिय टोलीका पूर्णिमा राई र मिना देउवालाई समेट्दै सावित्र भण्डारी ‘साम्बा’ को कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा गर्नुभएको हो ।

नेपालको महिला टोली

सावित्र भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij