Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

टिकौलीमा सम्पन्न मैत्रीपूर्ण क्रिकेटमा पत्रकार टिम विजयी

टिकौलीमा सम्पन्न मैत्रीपूर्ण क्रिकेटमा पत्रकार टिम विजयी

रत्ननगर :  रोटरी क्लब अफ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा सम्पन्न रोटरी क्लब अफ रत्ननगर र पत्रकारबीचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा टीम पत्रकार विजयी बनेको छ।

टस जितेर फिल्डिङ रोजेको पत्रकार टिमले बलिङको उत्कृष्ट प्रदर्शन गर्दै रोटरी क्लब अफ रत्ननगरलाई ९५ रनमै सीमित पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पत्रकार टिमले १२ ओभरमा ४ विकेट गुमाउँदै ९७ रन जोड्दै विजयी नतिजा निकालेको हो।

प्रतियोगितामा रोटरी क्लब अफ रत्ननगरका कप्तान निमेष खनाल र पत्रकार टिमका कप्तान रामु आचार्य रहेका थिए। म्याचमा रत्ननगर वडा नं. ९ का वडाध्यक्ष अनन्त अधिकारी मुख्य अम्पायर र अनुरोध पौडेल सहायक अम्पायरको भूमिकामा थिए।

म्याचपश्चात् आयोजित समापन कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष शिव खनालको अध्यक्षता, वडाध्यक्ष अनन्त अधिकारीको प्रमुख आतिथ्य र पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा राजनदिल गुरुङलाई उत्कृष्ट ब्याट्सम्यान र नविन पाण्डेलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

कार्यक्रममा अध्यक्ष खनालले पत्रकार र रोटरी क्लबबीचको यो मैत्रीपूर्ण खेलले सूचना र सेवामुखी समाज निर्माणमा दुवै पक्षबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको प्रतिक्रिया दिनुभयो

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij