Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल स्ट्रिट प्रिमियर लिगको पहिलो अक्सन काठमाडौंमा, सात टिमसहित नयाँ यात्रा सुरु

नेपाल स्ट्रिट प्रिमियर लिगको पहिलो अक्सन काठमाडौंमा, सात टिमसहित नयाँ यात्रा सुरु

काठमाडौं :  नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता मानिएको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)को पहिलो अक्सन आज काठमाडौंमा सम्पन्न भएको छ। आयोजक संस्था डीजीआर स्पोर्ट्सका प्रमुख ज्ञानु सिंहले देशभर लुकेर खेल्दै आएका टेनिस बल क्रिकेट खेलाडीलाई राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यसहित लिग सुरु गरिएको बताए।

कार्यक्रममा खेलाडी, टिम मालिक, मिडिया प्रतिनिधि र खेल प्रेमीहरूको उपस्थितिमा सिंहले भने, “आज हामी नेपालमा टेनिस बल क्रिकेटको नयाँ इतिहास सुरु गर्दैछौं। एनएसपीएल केवल एक प्रतियोगिता होइन, यो हजारौं युवाको सपना हो।”

उनका अनुसार टोल–टोल र गाउँ–गाउँमा बिना संरचना खेल्दै आएका प्रतिभाशाली युवालाई अवसर दिने प्रमुख लक्ष्यसहित लिग अघि बढाइएको हो, जसले उनीहरूको क्षमता राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने विश्वास गरिएको छ।

अक्सन समारोहमा सातवटा टिमको घोषणा गरिएको थियो। आयोजकले ती टिमलाई “हाम्रो गौरव, हाम्रो एकता, र टेनिस बल क्रिकेटप्रतिको हाम्रो समर्पणका प्रतीक”का रूपमा व्याख्या गर्यो।

कार्यक्रमको अन्त्यमा एनएसपीएललाई देशभरका युवाहरूको ऊर्जा र प्रतिभा उजागर गर्ने साझा अभियानका रूपमा अघि बढाइने घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij