Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आईसीसी टी–२० विश्वकप छनोट : नेपालले आज कतारसँग खेल्दै

आईसीसी टी–२० विश्वकप छनोट : नेपालले आज कतारसँग खेल्दै

काठमाडौं : आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग खेल्दैछ।

ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ। सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको थियो। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो। नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो। नेपाल लगातार चौथो जितको खोजीमा छ।

कतार समूह चरणमा मलेसियालाई पराजित गर्र्दै सुपर–६ मा आएको हो। समूह ‘ए’मा कतार युएईसँग पराजित भएको थियो भने मलेसयालाई ८ विकेटले कतारलाई हराएको थियो। सुपर सिक्समा भने कतार ओमानसँग ३४ रनले पराजित हुन पुग्यो।

यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुुँदा नेपालले २ तथा कतारले एक खेल जितेका छन्। अपराजित नेपालको सुपरसिक्समा ४ अंक भएको छ भने कतार अंकविहीन छ।

सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतिस्पर्धा गर्ने टिममा युएईसँगै कतार, ओमान र समाओ छन्। नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन।

अब यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थान हासिल गर्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन्। नेपालले बुधबार ओमानसँग खेल्नेछ भने सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij