Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आईसीसी टी–२० विश्वकप छनोट : यूएईमाथि नेपालको रोमाञ्चक जित

आईसीसी टी–२० विश्वकप छनोट : यूएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङको सहयोगमा नेपालले यूएईलाई हराएको छ। नेपाललाई १ रनको जित दिलाउन ऐरीले तीन महत्त्वपूर्ण विकेट लिए भने उत्कृष्ट फिल्डिङ गरेका थिए।

ओमनमा चलिरहेको आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको हो। नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनायो।

युएईका लागि अलिशान सराफुले अर्धशतक प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन्। बलिङमा नेपालका ऐरीले ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए।

कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १ र गुल्सन झा १४ रन बनाएर आउट भए। सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे।

बलिङमा युएईका जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जहिद अली, हर्षित कौशिक, हैदर अली र ध्रुव पराशरले एकएक विकेट लिए। यो जितसँगै नेपालले सुपर सिक्समा ४ अंक जोडेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij