Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपालद्धारा जापान ५ विकेटले पराजित, सुपर सिक्समा नेपालको दुई अंक

नेपालद्धारा जापान ५ विकेटले पराजित, सुपर सिक्समा नेपालको दुई अंक

काठमाडौँ : आइसिसी पुरुष टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै समूह विजेता बनेको छ ।

शुक्रबार ओमान क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङ गरेको जापानले आठ विकेटको क्षतिमा १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले पाँच विकेटको क्षतिमा १८ ओभरमा जित निकालेको हो ।

यसअघि नेपालले समूहको पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो । योसँगै सुपर सिक्समा नेपालले दुई अंक जोडेको छ । दुवै टोली यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् । अब नेपालले सुपर सिक्समा अरू चार टोलीसँग खेल्नेछ । युएई र कतारले सुपर सिक्समा स्थान पक्का गर्दा बाँकी दुई टोली बाँकी छन् ।

६ टोलीबिच हुने सुपर सिक्सको शीर्ष तीनमा पर्न सक्ने टोलीहरूले आगामी वर्षको फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन् । शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक आइसिसी टी–२० विश्वकपमा छनोट हुनेछ ।

शुक्रबार नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेलले २१ बलमा २१ रन र आसिफ शेखले २१ बलमा ३८ रन बनाए । कप्तान रोहिकुमार पौडेल १८ रन, सन्दीप जोरा पाँच रन र कुशल मल्ल चार रनमा आउट भएका थिए । गुल्सन झाले २० बलमा अविजित २८ रन र दीपेन्द्रसिंह ऐरीले १४ बलमा अविजित जापानका शोमा स्लाटरले दुई विकेट लिएका थिए ।

यसअघि जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा सर्वाधिक ६० रन जोडेका थिए । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, इसम रहमानले २५ बलमा एक चौका र दुई छक्काको मद्दतमा ३१ रन बनाए । उनीहरूबिच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो ।

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । नन्दन यादव र सोमपाल कामीले एक–एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij