Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अल्जेरिया विश्वकपका लागि छनोट

अल्जेरिया विश्वकपका लागि छनोट

काठमाडौँ : बिहीबारको खेलमा सोमालियालाई ३–० ले हराएसँगै अल्जेरिया विश्वकप २०२६ का लागि छनोट भएको छ । यस जितसँगै ९ खेलबाट २२ अंक जोडेको अल्जेरिया समूह ‘जी’ को शीर्ष स्थानमा छ ।

अल्जेरियालाई जित दिलाउन मोहम्मद अमौराले २ तथा रियाद महारेजले एक गोल गरे । अल्जेरिया अफ्रिकाबाट छनोट हुने चौथो टिम हो । यसअघि अल्जेरियाले सन् १९८२, १९८६, २०१० र २०१४ को विश्वकप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij