Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एसियन कप छनोटमा नेपाल लगातार तेस्रो खेलमा पराजित

एसियन कप छनोटमा नेपाल लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ  : नेपाल २०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणमा लगतार तेस्रो खेलमा पराजय भोगेको छ। समूह ‘एफ’ को यो खेल हो ची मिनमा नेपालले बिहीबार घरेलु टोली भियतनामसँग ३-१ गोलले पराजित गरेको हो।

भियतनामका लागि नवौं मिनेटमा थिन लिनले पहिलो गोल गरे। तर १७औं मिनेटमा सनिश श्रेष्ठले हेडमार्फत् बराबरी गोल गरे।६७ मिनेटमा छन मानले र ७२ मिनेटमा भान भीले भियतनामका लागि थप गोल गरे।पहिलो हाफको अन्त्यमा नेपालका फरवार्ड लकेन लिम्बुले डिबक्सका भियतनामका खेलाडीलाई फल गरेपछि उनले सिधा रातो कार्ड पाए। जसका कारण नेपालले दोस्रो हाफ पूरा १० खेलाडीमा खेल्नु पर्‍यो।

यससँगै नेपालले समूहका तीन वटै प्रतिद्वन्द्वीविरूद्धको पहिलो खेलमा पराजय भोगेको छ। यसअघि नेपालले समूहमा पहिलो खेलमा मलेसियासँग २(० ले हराएको नेपालले दोस्रो खेलमा लाओसविरूद्ध २-१ ले खेल गुमाएको थियो।

नेपाल र भियतनामबीच २२ वर्षपछि प्रतिस्पर्धा गरेको हो। यसअघि नेपाल र भियतनामबीच सन् २००३ मा दुई पटक प्रतिस्पर्धा भएको थियो।

दक्षिण कोरियामा सन् २००३ को सेप्टेम्बरमा एसियन कप छनोटको समूह ‘ई’ अन्तर्गतको दुवै खेलमा नेपाल पराजित भएको थियो।पहिलो खेलमा २-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा ५ गोल खाएको थियो।

अब नेपालले अर्को खेल पनि भियतनामसँग खेल्नेछ। एक सातापछि नेपालमै खेल्नु पर्ने यो खेल पनि भियतनाममै हुनेछ। किनभने नेपालको घरेलु मैदानले अन्तर्राष्ट्रिय मान्यता नपाएपछि नेपालले आफ्नो होम म्याच पनि असोज २८ मा भियतनाममै खेल्न लागेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij