Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

टी-२० विश्वकप छनौटमा ओमानको विजयी शुरुवात

टी-२० विश्वकप छनौटमा ओमानको विजयी शुरुवात

काठमाडौँ : ओमानले आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । ओमानले समुह सीको पहिलो खेलमा सामोआलाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको हो ।

सामोआले दिएको ९३ रनको लक्ष्य पछाएको ओमानले १७ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको सामोआले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

आजदेखि शुरु भएको छनौट प्रतियोगिता अन्तर्गत नेपालले आजै कुवेतको सामना गर्दैछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार रति ८: ४५ बजेदेखि शुरु हुदैछ भने यस खेलको प्रत्यक्ष प्रशारण आइसीसीले आफ्नो वेभसाइट र एपमा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij