Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

क्यानको निलम्बनमा परेका सन्दिपले विश्वकप क्वालिफायर खेल्ने

क्यानको निलम्बनमा परेका सन्दिपले विश्वकप क्वालिफायर खेल्ने

काठमाडौं : नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर सन्दीपलाई निलम्बन गरिएको जनाएको छ ।

सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ।अब अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि भने उनी टोलीमा समावेश हुनेछन् । नेपाली टोली ओमानका लागि प्रस्थान गरिसकेको छ ।नेपाली १६ सदस्यीय टिम ओमान प्रस्थान गरेको छ । उक्त टिममा सन्दीप पनि छन् ।

May be an image of map and text

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij