Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाली क्रिकेट खेलाडीलाई यूएईले दियो भिसा, भोलि प्रस्थान गर्ने

नेपाली क्रिकेट खेलाडीलाई यूएईले दियो भिसा, भोलि प्रस्थान गर्ने

काठमाडौं : वेस्ट  इन्डिजविरुद्धको  ऐतिहासिक  ट्वान्टी-२० शृंखलाका  निम्ति नेपाली क्रिकेट  टिमलाई युनाइटेड अरब  इमिरेट्स (यूएई) ले  भिसा दिएको छ ।भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।नेपाली टिमको पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार असोज ३ शृंखलाका निम्ति यूएई उड्ने तालिका थियो । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नै उनीहरूको बिदाइ कार्यक्रम राखेको थियो । तर, खेलाडीले भिसा नपाउँदा समस्या भएको थियो ।

नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो ।नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij