काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार यूएई जाने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार वेस्ट इन्डिजसँग युनिटी कप टी–२० सिरिज खेल्न नेपाली राष्ट्रि क्रिकेट टिम यूएई जान लागेको हो।
यसअघि केही दिन अगाडि नै यूएई जाने बताइएको भए पनि भिसाका कारण नेपाली टिम रोकिएको थियो। क्यानका प्रवक्ता छुम्बी लामाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै भिसा प्राप्त भइसकेको जानकारी दिनुभएको छ। जेनजी आन्दोलनका कारण यूएईले भिसा नदिँदा शुक्रबार उड्ने तयारीमा रहेको नेपाली टिम रोकिएको थियो।
लामाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिम यूएई प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij