चितवन : फिल्म उद्योगका दृष्टिले चितवन क्रमशः ‘फिल्म सिटी’ का रूपमा स्थापित हुँदै गएको छ । यहाँका पर्यटकीय स्थलहरू मात्र नभई ग्रामीण र पहाडी क्षेत्रसमेत छायांकनका लागि उपयुक्त बन्दै गएका हुन् । सौराहा, मेघौली, ईच्छाकामना, पटिहानी, गोलाघाट, शक्तिखोरदेखि सिमलढापसम्मका रमणीय स्थानहरू पछिल्लो समय लोकेशन हन्टिङको केन्द्र बन्दै छन् ।
यसै क्रममा निर्देशक राजु गिरी आफ्नो नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को छायांकन तयारीका लागि मंगलबार चितवन पुगेका छन् । उनलाई नायक सागर लम्साल ‘बले’, मुख्य सहायक निर्देशक बिनयराज पौडेल, छायाँकार श्याम तामाङ पत्रकार राजेन्द्र आचार्य लगायतको टोलीले साथ दिएको थियो ।निर्देशक गिरीका अनुसार फिल्मको छायांकन आगामी दशैँ पूर्णिमापछि सुरु हुनेछ । फिल्मको अधिकांश दृश्य चितवन र तनहुँका सुन्दर स्थानमा खिचिनेछ । “चितवन प्राकृतिक सुन्दरता, ऐतिहासिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ । यसैले हामीले यसलाई फिल्मको मुख्य लोकेशन बनाएका हौं,” गिरीले बताए ।अभिनेता सागर लम्साल (बले) ले पनि चितवनलाई छायांकनका लागि ‘अत्यन्तै अनुकूल स्थान’ भएको उल्लेख गर्दै फिल्मप्रति दर्शकले रुचि देखाउने विश्वास व्यक्त गरे ।
नायक सागर लम्साल ‘बले’ले अगाडी भने म धेरै पटक चितवन आएको छु, जुन ठांउ हेरे त्यहि राम्रो छ । हामीले यो पटक पत्रकार राजेन्द्रआचार्यको साथमा विल्कुलै नयां र फरक रमणीय गांउमा सुटिगं गर्ने छौ- निर्देशक गिरीले भने । चितवनमा पछिल्ला वर्षमा ‘जनता जर्नादन’, ‘मंगल’ ज्ञानशास्त्र लगायतका फिल्म खिचिएका थिए भने नेपाली चलचित्रका साथै म्युजिक भिडियो र विज्ञापन छायांकनमा पनि यहाँका स्थानहरू रोजिने क्रम बढ्दो छ । यसले चितवनलाई पर्यटन मात्र नभई चलचित्रको गन्तव्यका रूपमा स्थापित गर्दै लैजाने स्थानीय कलाकारहरूले बताएका छन् ।फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ का अन्य कलाकार र कथावस्तु भने चाँडै सार्वजनिक गरिने निर्देशक गिरीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij