चितवन : जेनजी पुस्ताको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरुको खोजीमा चितवन प्रहरी प्रशासन जुटेको छ ।आन्दोलनका क्रममा लिइएका फोटो, भिडियो, प्रत्यक्षदर्शीका भनाइलगायत अध्ययन गर्दै प्रहरीले त्यस्ता व्यक्तिहरूको खोजी थालेको हो । घटनाका दोषीहरूका बारेमा सूचनासमेत प्रहरीले मागेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार आगो लगाउने, तोडफोड गर्ने र लुटपाटमा संलग्न एवं उक्साहटमा लाग्नेहरूको सूची तयार भइरहेको छ। केहीलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij