Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनको नारायणघाट-मुग्लिङमा सडकखण्ड अन्तर्गत माथिबाट ढुङ्गा खस्दा बस यात्रुको मृत्यु

चितवनको नारायणघाट-मुग्लिङमा सडकखण्ड अन्तर्गत माथिबाट ढुङ्गा खस्दा बस यात्रुको मृत्यु

चितवन, २०८२ भदौ ३१ : चितवनको इच्छाकामना गाउँपालिका–६ नाम्सी पुल नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार साँझ करिब ७ बजे तनहुँबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बसमा सवार यात्रु लमजुङ घले गाउँपालिका–३ की ४६ वर्षीया ऐश्र्या कामीलाई माथिबाट आएको ढुङ्गा बसको खुला ढोकाबाट छिर्दै लाग्दा अनुहार र टाउकोमा चोट लागेको थियो।घाइते कामीलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्‍याइए पनि उपचारको क्रममा साँझ ७:२० बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

बस र चालक ३५ वर्षीय तेज कुमार शाही (ठेगाना तनहुँ म्याग्दे गाउँपालिका–२) लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।मृतककी छोरी पूर्ण कुमारी कामीसँग प्रहरीले सम्पर्क गरेको छ। घटनास्थल मुग्लिङबाट करिब चार किलोमिटर पश्चिमतर्फ पर्छ।

उक्त दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको मुग्लिङ प्रहरी प्रमुक्ग निरीक्षक प्रतिक सिंङ्ले जानकारी दिनु भएको छ। पहिरो खसेपछी सडक एकतर्फी छ । सडक एकतर्फी भएपछी सवारी रोकेर सफागर्ने कार्य भैरहेको र केही समय पछि संचालनमा आउने छ। भिडियो : सडक सुपरभाइजर ईश्वर क्षेत्री ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij