Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

जिल्ला प्रशासन कार्यालय चितवनलाई लायन्स क्लब गर्यो १५ थान कम्प्युटर र पाँच थान प्रिन्टर हस्तान्तरण

जिल्ला प्रशासन कार्यालय चितवनलाई लायन्स क्लब गर्यो १५ थान कम्प्युटर र पाँच थान प्रिन्टर हस्तान्तरण

चितवन : सामाजिक संस्था लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालले जिल्ला प्रशासन कार्यालय चितवनलाई कम्प्युटर सामग्री सहयोग गरेको छ ।जेन–जी प्रदर्शनको क्रममा जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएपछि कार्यालयहरुलाई आवश्यक पर्ने सामग्री १५ थान कम्प्युटर सेट, ५ वटा रंगीन प्रिन्टर र अन्य इलोक्ट्रोनिक्स उपकरणहरु सहयोग गरिएको लायन्स क्लव अन्तर्राष्ट्रय डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर नवराज सापकोटाले जानकारी दिनुभयो । उहाँले ५ लाख १० हजार रुपैयाँ बराबरको उक्त सामग्री प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज (मंगलबार) अपरान्ह हस्तान्तरण गर्नुभयो ।लायन्स क्लवले जस्तोसुकै विपत्तिमा पनि सहयोग गर्दै आइरहेको स्मरण गर्दै यसपटक देखिएको देशैभरको समस्यामा लायन्स क्लवहरुले सामाजिक उत्तरदायित्व निर्वाह गरेको लायन्स गर्भनर सापकोटाले बताउनुभयो ।

उक्त सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले यो विपत्तीको बेलामा सबैको साथ र सहयोगले सरकारी निकाय अघि बढ्ने बताउनुभयो । जिल्लाका ८७ वटा सरकारी कार्यालय जलेर पूर्णरुपमा नष्ट भएको भन्दै ती सबै कार्यालयबाट तत्काल सेवा संचालनका लागि प्राविधिक सामग्रीहरु आवश्यक रहेको प्रजिअ अर्यालले बताउनुभयो । उहाँले सहयोग गर्ने संस्थामा लायन्स क्लव पहिलो भएको भन्दै विभिन्न संघसंस्थाबाट सहयोगको प्रतिवद्धता आएको बताउनुभयो ।

उहाँले सहयोग गर्ने संस्थाहरुका लागि जिल्ला प्रशासन कार्यालयले एकद्धार प्रणाली लागू गरेको भन्दै प्राप्त सहयोगलाई पछि आवश्यकताका आधारमा क्षतिग्रस्त सरकारी कार्यालयलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij