Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

लुटपाटमा संलग्न एक युवकको डेराबाट चोरी भएका सामग्री बरामद

लुटपाटमा संलग्न एक युवकको डेराबाट चोरी भएका सामग्री बरामद

चितवन : चितवनमा गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जिल्ला अदालत चितवनबाट चोरी तथा लुटपाट गरी लगिएको सामग्रीसहित एक युवकलाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–६ स्थायी ठेगाना भई हाल भरतपुर महानगरपालिका–१०, हाकिमचोकमा डेरा गरी बस्दै आएका १९ वर्षीय रोशन परियारको कोठाबाट चोरी गरिएका विभिन्न सामानहरू फेला परेका हुन्।

परियारको डेराबाट प्रहरीले तल उल्लेखित सामग्रीहरू बरामद गरेको जानकारी दिएको छ:

मोबाइल फोन: ७ थान काँसको थाल: ३ थान टि टेबल: १ थान सिक्का पैसा: ४०० थान तामाका कलश (सानो/ठूलो): ११ थान कम्प्युटर टेबल: १ थान लागूपदार्थ ट्रामाडोल: ४,९५० क्याप्सुल खुकुरी: ४ थान ह्यामर (हथौड़ा): २ थान स्टिलको थाल: ३ थान गिलास: १५ थान गिटार: १ थान घडी: ८ थान प्रहरीका अनुसार परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। बरामद सामग्रीहरु जेन्जी आन्दोलनको क्रममा भएको लुटपाटबाट सम्बन्धित रहेको आशंका गरिएको छ।यस घटनाले हालैका आन्दोलनहरूमा देखिएको उग्रता र त्यसबाट उत्पन्न भएको कानुनी उल्लंघनको गम्भीरतालाई पुनः उजागर गरेको छ। प्रहरीले अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij