Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुर महानगरले भन्योः चोरी, लुटपाट भएका सामग्री तत्काल फिर्ता गर्नु

भरतपुर महानगरले भन्योः चोरी, लुटपाट भएका सामग्री तत्काल फिर्ता गर्नु

चितवन : भरतपुर महानगरपालिकाले जेन–जी प्रदर्शनको क्रममा भएका लुटपाट तथा चोरी गरिएका सामग्री तत्काल फिर्ता गर्न आह्वान गरेको छ ।आइतबार महानगरले सार्वजनिक सूचना जारी गर्दै स्थानीय प्रत्यक्षदर्शी, नगर प्रहरी, सामाजिक संजाल, संचार माध्यम तथा सिसि टिभी फुटेजमा समेत चोरी भएका सामग्री तथा व्यक्तिहरुको पहिचान भइसकेको अवस्थामा जानेर वा नजानेर लगेका सामग्रीहरु असल नागरिकको जिम्मेवारी बोध गरी कार्यालयमा फिर्ता गरिदिन अनुरोध गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्धारा सूचनामा कवाड व्यवसायीहरुसंग सम्बन्धित व्यक्ती तथा कवाड व्यवसायीसंग समेत उक्त सामग्री नलिन तथा लिनेहरुको सामग्री समेत फिर्ता गरिदिन अनुरोध गरेको छ । चोरी तथा लुटपाट भएका सामग्रीहरु फिर्ता ल्याउने कार्यमा सहयोग गरिदिन सबै महानगरबासीलाई समेत अनुरोध गरिएको छ ।

महानगरले कार्यालयमा रहेका सम्पूर्ण सामानहरु आगजनी, तोडफोड तथा चोरी लुटपाट भएको सामाजिक संजालमा सार्वजनिक फोटो तथा भिडियो, संचारमाध्यममा सार्वजनिक फोटो तथा भिडियोहरुबाट प्रष्ट देखिएको समेत जनाएको छ । गत भदौ २४ गते जेन–जनी प्रदर्शनको क्रममा दिउँसो महानगरमा तोडफोड तथा आगजनी भएको थियो । आगजनीबाट कार्यालय पूर्ण रुपमा क्षति पुगेको छ भने कार्यालय संचालनमा आउन सकेको छैन । प्रदर्शनकारीहरुले महानगरको दकमल समेत आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij