Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनमा कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य

चितवनमा कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य

चितवन : चितवनमा लागू गरिएको कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्यतर्फ फर्कन थालेको छ। जिल्ला सुरक्षा समितिले भाद्र २६ गतेदेखि जारी गरेको कर्फ्यु र निषेधाज्ञा शुक्रबारदेखि सहज हुन थालेको र शनिवार विहान सात बजेदेखि पूर्ण रूपमा हटाइएको चितवन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

प्रजिअ अर्यालले जिल्लाको शान्ति र सुरक्षामा सहयोगका लागि सबै सरोकारवालालाई अनुरोध पनि गरेका छन्। आन्दोलनका क्रममा चितवनका अधिकांश सरकारी कार्यालय, जनप्रतिनिधिका निजी निवासमा क्षति पुगेको थियो। जेन–जेड (जेन जी) प्रदर्शनको क्रममा सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति, व्यवसायिक प्रतिष्ठान, पार्टी कार्यालय र स्थानीय निकायका कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

प्रजिअ अर्यालका अनुसार, क्षतिग्रस्त कार्यालयको सरसफाइ र व्यवस्थापनका लागि निर्देशन दिइसकिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij