चितवन : चितवनमा २६ गतेदेखि लगाइएको कर्फ्यू तथा निषोधाज्ञा हटाइएको छ । जिल्ला सुरक्षा समितिले निर्णय गरेर आज बिहान ७ बजेदेखि लागू हुनेगरि कर्फ्यू तथा निषेधाज्ञा हटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।
यहाँ जेन-जी आन्दोलन पछि बिग्रिएको सुरक्षा अवस्थालाई हेरेर २६ गतेदेखि दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लगाउँदै आइएको थियो । प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न पनि सरोकारवालासँग अनुरोध गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij