Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख माछापुच्छ्रे बैंकलाई बुझाइयो

जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख माछापुच्छ्रे बैंकलाई बुझाइयो

चितवन : जेन-जी समुहको अन्दोलनको क्रममा भरतपुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको अवस्थामा नियन्त्रणमा लिएको मेसिनमा रहेको करिब १८ लाख रुपैयाँ प्रहरीले आज बैंकमा फिर्ता गरिदिएको छ ।चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आगो लगाएर लुट्न लागेको एटीएम मेसिन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त मेसिन आज बैंकका प्रतिनिधि तथा जनप्रतिनिधिको रोहबरमा खोलेर हेर्दा १७ लाख ७९ हजार रुपैयाँ रहेको पाइएको जनाइएको छ । प्रहरी प्रवक्ता खनालले उक्त रकम आज बैँक प्रतिनिधिको जिम्मा लगाइएको जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij