Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

जेन-जी आन्दोलनमा चितवनमा एक भारतीयसहित दुई युवाको जलेर गयो ज्यान

जेन-जी आन्दोलनमा चितवनमा एक भारतीयसहित दुई युवाको जलेर गयो ज्यान

चितवन : जेनी जी समूहको प्रदर्शनका क्रममा चितवनमा एक भारतीयसहित दुई जना प्रदर्शनकारी मृत्यु भएको पुष्टि भएको छ ।भरतपुर महानगरपालिकाका नगरउपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउने र रत्ननगर नगरपालिकामा आगो लगाउन पसेका आन्दोलनकारीको मृत्यु भएको पुष्टि भएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको भरतपुर २१ स्थित घरमा २४ गते बेलुका आगो लगाउन गएका भरतपुर महानगरपालिका वडा नम्बर २१ बस्ने १९ वर्षका सरोज गुरुङको मृत्यु भएको हो ।

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका २, घर भएर चितवनमा अध्ययनका लागि बसेका गुरुङ उपप्रमुख अधिकारीको घरमा आगो लगाउने क्रममा उनको घरमा रहेको सिलिण्डर ग्याँस पड्किएर घाइते भएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा आज मृत्यु भएको एसपी पूरीले नेपाल प्रेसलाई जानकारी दिए ।

त्यसैगरि जेन–जी समूहकै आन्दोलनको क्रममा रत्ननगर नगरपालिकामा एक भारतीयको जलेर मृत्यु भएको खुलेको छ । भारतका बिहार घर भएका १८ वर्षका साहिल मिया नगरप्रमुखको कार्यकक्ष भित्र रहेको भित्री कोठामा मृत अवस्थामा साहिलको शव भेटिएको हो ।

चितवन प्रहरी तथा प्रशासनले भने रत्ननगर नगपालिकामा आगो लगाउने क्रममा साहिलको मृत्यु भएको पुष्टि गरेको छैन । यद्यपि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीले मान्छे जलेर मृत्यु भयो भन्ने खबर आएपछि नगरपालिका पुग्दा शव नभेटिएको दाबी गरे ।

तर, रत्ननगर नगरपालिकाका नगर प्रहरी प्रमुख सुदिप घिमिरेले भने साहिलको मेयरको कार्यकक्षमा मृत्यु भएको भेटिएर पहिचान भएपछि शव परिवारले बुझेर लगेको पुष्टि गरेका छन् । साहिलको परिवार रत्ननगर नगरपालिका वडा नम्बर २ मा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij