Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुरका उपमेयरको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु

भरतपुरका उपमेयरको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु

चितवन : चितवनको भरतपुर महानगरपालिकाका उपमेयरको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ । भदौ २४ गते अपरान्ह उप-मेयर चित्रसेन अधिकारीको घरमा आगो लगाउदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर-२१ का १९ वर्षका सरोज गुरुङको उपचारको क्रममा आज मृत्यु भएको हो ।

ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपमेयर अधिकारीको घर पुर्णरुपमा क्षती पुगेको छ ।

यस्तै पुर्वी चितवनको भण्डारामा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जनाको मृत्यु भएको छ । आज विहान राप्ती नगरपालिका-७ सिक्स ग्रुप स्थित अमृतपानी खानेपानी तथा सरसफाई समितिको चेम्बर भित्र स्थानीय ४० वर्षका कमल घलेको डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट