Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

जेन-जी प्रदर्शनका क्रममा चितवनमा मृत भेटिएका व्यक्ति भारतीय भएको पुष्टि

जेन-जी प्रदर्शनका क्रममा चितवनमा मृत भेटिएका व्यक्ति भारतीय भएको पुष्टि

चितवन : जेन-जी आन्दोलनमा चितवनमा मृत भेटिएका व्यक्ति भारतीय रहेको पुष्टि भएको छ। रत्ननगर नगरपालिकाको मेयरको कार्यकक्षमा भदौ २५ गते बिहान डढेको अवस्थामा शव भेटिएको थियो। २४ गते प्रदर्शनकारीले नगरपालिकाको कार्यालय जलाइदिएका थिए।मृत व्यक्ति भारतको बिहार राज्य, बेतिया जिल्लाको चौतराथानाका १८ वर्षीय साहिल मिया रहेको नगर प्रहरीका प्रमुख सुदिप घिमिरेले जानकारी दिए।

उनका अनुसार शव भेटिएपछि जनपथ प्रहरी र नेपाली सेनाका प्रतिनिधि पुगेर मुचुल्का उठाएका थिए। आफन्तले सनाखत गरेर शव बुझेको घिमिरेले बताए। उनी रत्ननगर-२ मा बसोबास गर्दै आएका थिए।जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयले भने यो घटना लुकाउन खोजेको छ।

सेतोपाटीले यस विषयमा जिल्ला प्रहरी कार्यालयको प्रवक्ता डिएसपी रवीन्द्र खनाल, एसपी गोविन्द पुरी, इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रञ्जन अवा, जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग जिज्ञाशा राखेको थियो।चारै जनाले नगरपालिकामा शव भेटिएको कुनै जानकारी नपाएको दाबी गरे।

इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अवाले आफ्नै कार्यालय जलेर बस्ने ठाउँ नभएको अवस्थामा अरू कार्यालयमा के भइरहेको छ भन्ने कुरामा ध्यान दिन नसकेको बताए । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय टाँडीमा पनि आगजनी गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट