चितवन: जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा गणेश अर्यालको सरुवा भएको छ । बुधबार गृह मन्त्रालयले चितवनको सीडीओमा अर्याललाई पठाएको हो । चितवनमा सीडीओ रिक्त रहेको थियो । गृह मन्त्रालयले भोजपुरको सीडीओमा शिवलाल तिवारीलाई खटाइएको छ । दुई साताअघि मात्र पर्साबाट मन्त्रालयमा सरुवा भएका सहसचिव अर्याललाई चितवनमा खटाइएको छ । भोजपुरमा यसअघि बाबुराम गौतमको सरुवा भएकोमा उनी नगएपछि तिवारीलाई खटाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij