Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन : चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग १ ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । मृतकको पहिचान खुलेको छैन ।

अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका–११ का मनबहादुर विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट