Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

१७ किलोमा बस र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु

१७ किलोमा बस र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु

चितवन, १६ भदौः चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदाँ एक जना को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङ तर्फ जाँदै गरेको ग १ ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल आज (सोमबार) बिहान ९ : ४० बजे नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ स्थित १७ किलोमा एकाआपसम ठोक्किदाँ हाल थर वतन नखुलेका पुरुष मोटरसाइकल चालक गम्भीर घाइते हुनुभएको थियो । घाइते चालकलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो ।

अहिले दुबै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका ११ का मन बहादुर बिकलाई नियन्त्रणमा लिएको सुचना अधिकारी खनालले बताउनुभयो ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट