भरतपुर : भरतपुर–१० चितवन मेडिकल कलेजअगाडि यामाहाको ‘ब्लू फेस्ट’ आइतबारदेखि सुरू भएको छ । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता कर्माचार्य इन्टरप्राइजेज र नवीन अटो सेन्टरको आयोजनामा भएको ‘ब्लू फेस्ट’ भदौ २० गतेसम्म सञ्चालन हुने छ ।‘ब्लू फेस्ट’मा यामाहाको जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकलको न्यूनतम मूल्य ५० हजार रूपैयाँ कायम गरिएको छ ।
त्यस्ता यामाहाबाहेकका जुनसुकै कम्पनीका मोटरसाइकलको न्यूनतम मूल्य २५ हजार र अतिरिक्त भ्यालुअनुसार १० हजार रूपैयाँ थप दिन सकिने कर्माचार्य इन्टरप्राइजेज र नवीन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्यले जानकारी दिए । त्यस्तै, नयाँ मोटरसाइकलको खरिदमा छ हजार रूपैयाँसम्म छूट, ७.९९ प्रतिशतमा फाइनान्स र निःशुल्क हेलमेटको व्यवस्था गरिएको उनले बताए ।
‘ब्लू फेस्ट’मा दुईवटा नयाँ मोडलका मोटरसाइकलसमेत सार्वजनिक गरिएको छ । १५० सिसीको एफजेडएस भी३ एबिएस डिलक्स ब्रान्ड र एमटी १५ भी२ डिएलएक्स ब्रान्डका मोटरसाइकल सार्वजनिक गरिएको हो । दुवै मोटरसाइकलको मूल्य क्रमशः चार लाख १५ हजार ९०० र पाँच लाख ६० हजार ९०० रूपैयाँ रहेको छ ।
‘ब्लू फेस्ट’को उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लुका सिइओ दीपककुमार अग्रवाललगायत सहभागी थिए । उनीहरुले संयुक्तरुपमा नयाँ मोडलका मोटरसाइकलहरु सार्वजनिक गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij