काठमाडौँ : ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले नेपाल सरकारले हालै गठन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई ओसिएको लोगो अनधिकृत रुपमा प्रयोग नगर्न चेतावनी दिएको छ।
ओसीएका महाप्रबन्धक हुसैन अल मुसल्लमले आइतबार पत्राचार गरी ओसिएको लोगोको प्रयोग रोक्न आग्रह गर्दै प्रयोग गरिएमा कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन् । नेपालमा अहिले दुई वटा ओलम्पिक किमिटी सक्रिय छन् ।
जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको एनओसीलाई अन्तर्राष्ट्रिय ओलम्पिक किमिटी (आईओसीं) र ओसिएको सर्मथन छ । यस्तै श्रेष्ठको कमिटीलाई अवैधानिक ठहर गर्दै प्रधानको संयोजकत्वमा गठन गरिएको नेपाल ओलम्पिक कमिटीको तदर्थ ममितिलाई मान्यता दिएको छ ।
प्रधान नेतृत्वको समितिले भने आफूहरुलाई नै अन्तर्राष्ट्रिय र सरकारी मान्यता रहेको दाबी गरिरहेको छ । हाल एनओसीको दुई कमिटीले एक अर्काको अस्तिस्वलाई स्वीकार गरेका छैनन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij