Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गौरवमय सफलता : अर्किड कलेजका विद्यार्थीहरूको ऐतिहासिक उपलब्धी

गौरवमय सफलता : अर्किड कलेजका विद्यार्थीहरूको ऐतिहासिक उपलब्धी

चितवन : चितवनको प्रतिष्ठित अर्किड कलेजका होनहार विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थान (IOE) द्वारा यस वर्ष लिइएको देशव्यापी प्रवेश परीक्षामा ११,५०० भन्दा बढी परीक्षार्थीहरू मध्येबाट अद्वितीय सफलता हासिल गर्दै एकपटक फेरि गौरवशाली इतिहास रच्न सफल भएका छन्। सफलताको शिखरमा:

सोनिक भुसाल — २७औं स्थान प्रनिल न्यौपाने — ३०औं स्थान स्विकार देवकोटा — ७३औं स्थान प्रविन ढकाल — ९९औं स्थान

यिनै होनहार विद्यार्थीहरूको शानदार उपलब्धिले मात्र नभई, शिशिर पौडेल, युवराज आचार्य निश्चल अधिकारी लगायतअन्य धेरै अर्किड कलेजका विद्यार्थीहरूद्वारा इन्जिनियरीङ तथा अन्य विषयहरूमा समेत उत्कृष्टता हासील गरी राष्ट्रिय स्तरमा कलेजको प्रतिष्ठा उच्च बनाएका छन्।

यति मात्र होइन, केही समयअघि सम्पन्न काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ प्रवेश परीक्षामा पनि यिनै विद्यार्थीहरूले उच्च स्थानमा उत्तीर्ण भै आफ्नो श्रेष्ठता प्रदर्शन गरेका थिए।

प्रविन ढकाल — दोस्रो स्थान प्रनिल न्यौपाने — १२औं स्थान स्विकार देवकोटा — ४०औं स्थान

केही दिन अघि मात्र अर्किड कलेजका छात्र सागर ज्ञवालीले चार्टर्ड एकाउन्टेन्ट ( सीए) अन्तिम परीक्षामा हालसम्मकै इतिहासमा उच्च अंकका साथ नेपाल प्रथम भै इतिहास रच्न सफल भएका थिए।

विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको मार्गदर्शन, र अभिभावकहरूको सहयोगको उत्कृष्ट परिणामस्वरूप यस प्रकारको सफलता सम्भव भएको हो। यस्ता उपलब्धिहरूले केवल चितवन मात्र नभै सम्पूर्ण देशको शैक्षिक क्षितिज उज्यालो बनाइरहेको छ। अर्किड कलेजले यो सुखद् अवसरमा

भविष्यमा समेत अझ धेरै सफलताको शुभकामना दिंदै, अर्किड कलेजका सम्पूर्ण मेहनती विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट