Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुर अस्पताल मेसुको अडियो काण्ड : पत्रकार महासंघको आपत्ति

भरतपुर अस्पताल मेसुको अडियो काण्ड : पत्रकार महासंघको आपत्ति

चितवन : नेपाल पत्रकार महासंघ चितवन शाखाले भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कृष्णप्रसाद पौडेलले पत्रकार अनिल ढकाल र उनले संचालन गरेको मिडियाविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिको कडा निन्दा गरेको छ। बुधबार प्रसारित एक अडियोमा डा. पौडेलले पत्रकारिता क्षेत्रको मर्यादा र सम्मानमाथि ठेस पुग्नेगरी तल्लो स्तरको भाषा प्रयोग गरी अपमानजनक र बेइज्जतीपूर्ण कुराकानी गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनालाई खेदजनक भन्दै डा. पौडेलको अभिव्यक्तिलाई पत्रकार र समग्र पत्रकारिता पेशामाथिको आक्रमणको रूपमा लिएको छ। “जिम्मेवार पदमा बसेर यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु अक्षम्य छ,” विज्ञप्तिमा भनिएको छ। महासंघले डा. पौडेललाई तत्काल लिखित क्षमायाचना गर्न माग गरेको छ। साथै, क्षमायाचना नगरेमा पीडित पत्रकारले चाल्ने कानुनी कदममा महासंघको पूर्ण साथ र समर्थन रहने स्पष्ट पारेको छ।महासंघका अध्यक्ष वसन्तराज पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा पत्रकारिता क्षेत्रको सम्मान र स्वतन्त्रताको रक्षा गर्न महासंघ प्रतिबद्ध रहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट