Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

‘गजिनी’ भिलेनले चितवनबाट थाले ‘आबाट आमा’को छायांकन

‘गजिनी’ भिलेनले चितवनबाट थाले ‘आबाट आमा’को छायांकन

चितवन : निर्देशक चन्द्र पन्तले आफ्नो प्रतीक्षित फिल्म ‘आबाट आमा’को छायांकन विहिबार चितवनको देवघाटबाट थालेका छन् ।यही फिल्मको छायांकनको लागि प्रसिद्ध भारतीय अभिनेता प्रदीप रावत अहिले चितवन पुगेका छन् । छायांकनको लागि त्यहाँ उनीसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती र सिम्रन पन्त छन् ।चितवनमा २५ दिन छायांकन हुने फिल्मको कूल सेड्युल ३५ दिन छ । बाँकी छायांकन काठमाडौं, पोखरा र बेलायतको लन्डनमा हुनेछ ।

छायांकनअघि देवघाटमा फिल्मको शुभसाइत पूजा आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रूलाई देख्न सकिन्छ ।चर्चित बलिउड फिल्म ‘गजनी’मा खलपात्रको भूमिका निर्वाह गरेका रावतले चन्द्र पन्तसँग यो फिल्ममा तेस्रोपटक सहकार्य गरेका हुन् । यसअघि यी दुई हिन्दी फिल्म माही र नेपालको ‘ह्रस्व दीर्घ’मा सहकार्य गरेका थिए ।

‘यो फिल्म रावतजीको करिअरकै सबैभन्दा लामो दृश्य भएको फिल्म हुनेछ’ निर्देशक पन्तले अनलाइनखबरसँग भने । फिल्ममा रावतले पल शाहको बुवा र विपनाको श्रीमानको भूमिका निर्वाह गर्नेछन् ।

आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मलाई लभस्टोरी र इमोसन तत्व भएको बताइएको छ ।फिल्मको कथा र पटकथा निर्देशक पन्तकै छ । संवाद अमर न्यौपाने र अभिमन्यु निरवीको छ ।

यो फिल्मको लागि प्रदीप आफ्नी पत्नी कल्याणीसँगै नेपाल आएका छन् । ‘ह्रस्वदीर्घ’को प्रिमियरको लागि नेपाल आएका उनीहरूले त्यसबेला नेपाली सौन्दर्य र आतिथ्यताको खुलेर प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट