Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष कडेँलद्वारा खेलकुद सामाग्री वितरण

माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष कडेँलद्वारा खेलकुद सामाग्री वितरण

भालुमारा,१२ भदौ  ।  नेकपा (माओवादी केन्द्र) इच्छाकामना गाउँकमिटीका अध्यक्ष रामहरि कडेँलको जन्मदिनको अवसर पारेर वडा नं. ७ स्थित भालुमारामा दाहाखानी युवा क्लबका खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गर्नुभएको छ ।  बिहिबार एक कार्यक्रमकाबिच  क्लबलाई १३ थान जर्सी, ३ थान बल र नेट हस्तान्तरण गरिएको हो। खेलकुदले युवालाई अनुशासित, संगठित र सामाजिक उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस किसिमको सहयोगले खेलाडीमा थप उत्साह भरिने उदेश्यले  जन्म दिनको अवसरमा खेलकुदका सामाग्री वितरण गरिएको अध्यक्ष कडेँलले बताउनुभयो ।

823465fe-4f48-46b9-ac88-2fadd1247bfe1756362457.jpeg

सामग्री वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश  किमिटी सदस्य तथा  इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ,  प्रदेश सदस्य साबित्रा सिलवाल, जिल्ला सदस्यहरु ढलक मगर, अप्सरा पौडेल, सम्झना सिलवाल र  गाउँ कमिटी उपाध्यक्ष तूल बहादुर गुरुङ लगायतको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै  इन्चार्ज प्रताप गुरुङले भन्नुभयो, “यस्ता सहयोगात्मक गतिविधिले युवालाई खेलतर्फ आकर्षित गर्नुका साथै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्छ। खेलकुदमैत्री अभियानलाई निरन्तरता दिन सकिएमा यसले गाउँको गौरव बढाउनेछ।”

जन्मदिनमा गरिने फज्ल खर्चलाई कटाएर यूवाहरुलाई हौसला प्रदान गर्ने गरेर उदाहरणीय काम गरेको बताउनुयभो ।

त्यस्तै अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाकी अध्यक्ष सम्झना सिलवालले भन्नुभयो, “युवाहरूलाई खेलतर्फ प्रोत्साहित गर्ने यो कदम सराहनीय छ। खेलले स्वास्थ्य, आपसी एकता र सामुदायिक विकासमा टेवा पु¥याउने भएकाले हामी सबैले खेललाई प्राथमिकतामा राख्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट