Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

साधारणसभाको वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्र बहादुर बानियाँले उद्घाटन गर्दै

साधारणसभाको वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्र बहादुर बानियाँले उद्घाटन गर्दै

भरतपुर: चितवनका सम्पूर्ण विषय, वर्ग र स्तरका उद्योगहरूको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको २०८२ भाद्र १३ र १४ गते एक विशेष समारोहका बीच ३४ औं बार्षिक साधारण सभा एवं १८ औं अधिवेशन कार्यक्रम हुने भएको छ । यसअघि चितवन उद्योग संघ अन्तर्गत रहेका सम्पूर्ण पालिका समितिहरु, महिला तथा युवा उद्यमी मञ्चको वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयाँ समिति समेत चयन भईसकेको हुँदा पालिका समितिका अध्यक्ष र महिला तथा युवा उद्यमी मञ्चका अध्यक्षहरु स्वतः पदेन सदस्यको रुपमा चयन भईसकेका छन् ।चितवन उद्योग संघको विधानको व्यवस्था बमोजिम बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष रहने व्यवस्था बमोजिम संघका बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले संघको १८ औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी लिदै हुनुहुन्छ ।

३४ औं बार्षिक साधारण सभा एवं १८ औं अधिवेशन अन्तर्गत भाद्र १३ गते, शुक्रबार, विहान १० देखि निर्वाचन प्रक्रिया सम्बन्धि कार्य, भाद्र १४ गते, शनिबार, बिहान ८ बजेदेखि बन्द सत्र शुरु हुनेछ भने कार्यक्रमको उद्घाटन दिउँसो २ बजे हुने गरी तय गरिएको चितवन उद्योग संघको सचिवालयले जनाएको छ । अधिवेशनले १ अध्यक्ष, १ निवर्तमान अध्यक्ष, ६ उपाध्यक्ष, १ कार्यकारी निर्देशक, पालिका अध्यक्षहरुबाट ६ जना, महिला तथा युवा उद्यमी मञ्चका अध्यक्षहरु २ जना र १४ कार्यसमिति सहित ३१ जनाको नयाँ कार्यसमिति समिति समेत गठन गर्दैछ ।वार्षिक साधारणसभालाई वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्र बहादुर बानियाँले समुद्घाटन गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट