चितवन : चितवनका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यहाँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो ।यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रले भरतपुर महानगरपालिकाका दुई हजार ७३३, रत्ननगर नगरपालिकाका एक हजार १९०, खैरहनी नगरपालिकाका एक हजार ६१४ पशुचौपायालाई खोप लगाइएको बताए ।
यसैगरी, कालिका नगरपालिकाका तीन सय ५५ र इच्छाकामना गाउँपालिकामा सात सय ७४ पशु चौपायालाई खोप लगाइएको छ । उक्त कार्यालयले अभियानअघि नै चालु आर्थिक वर्षमा १२ हजार १०० डोज खोप वितरण गरिसकेको जनाएको छ । सूचना अधिकारी मिश्रका अनुसार रोग लागिसकेका र गोठमा रोग देखिएका पशुलाई खोप लगाइएको छैन । चालु आवमा जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ । हालसम्म ४५ गाईगोरु मरेका छन् । रासस
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij