रत्ननगर : रत्ननगर नगरपालिकाले ‘नेपाल आइडल सिजन–६’ को फाइनलमा पुगेकी चितवनकी चेली दर्शना गान्धारीलाई सफलताको शुभकामनासहित हौसला प्रदान गरेको छ ।‘नेपाल आइडल सिजन–६’ को टप फाइभमा पर्न सफल भएकी नवप्रतिभा दर्शनालाई प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, वडाध्यक्ष किरण महतो, सजना महतो, कार्यपालिका सदस्य राम रिमाल, सुशासन समितिका संयोजक धीरेन्द्रप्रसाद घिमिरे, लेखा अधिकृत प्रदीप पौडेल, राजस्व शाखा प्रमुख लीलानाथ अर्याललगायतले खादा लगाएर शुभेच्छा प्रकट गरेका हुन् ।
चितवनकी चेलीलाई स्थानीय सरकारको हैसियतले साथ, प्रयास र हौसला प्रदान गर्न सो कार्यक्रम राखिएको रत्ननगर कला मन्दिरका अध्यक्षसमेत रहेका कार्यपालिका सदस्य राम रिमालले बताए ।गायिका दर्शनाले लामो समयसम्मको प्रयास र सङ्घर्षबाट उत्कृष्ट पाँचमा पुग्न सफल भएको भन्दै रत्ननगर नगरपालिकाबाट पाएको शुभेच्छाबाट आफूमा हौसला थपिएको बताइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij