Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप

बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप

रत्ननगर: नेकपा एमालेले बछौली माविको व्यवस्थापन समिति गठन प्रक्रियाका क्रममा प्रधानाध्यापकले पार्टी प्रतिनिधिलाई अभद्र व्यवहार गरेको आरोप लगाएको छ।नेकपा एमाले रत्ननगर वडा नं ६ वडा कमिटीले शनिबार एक विज्ञप्ती जारी गरी प्रधानाध्यापक शिवराम मरहठ्ठाले पार्टी प्रतिनिधि लोकराज भूषाललाई अभद्र व्यवहार गरेको भन्दै त्यसको भत्सना गरेको हो । विद्यालयले राखेको सर्वदलीय बैठकमा धारण राख्ने क्रममा पार्टी प्रतिनिधि भूषाललाई प्रधानाध्यापक मरहठ्ठाले उत्तेजित भई विद्यालयले पार्टी प्रतिनिधिका कुरालाई मान्नु पर्ने कुनै आवश्यकता छैन, एमाले नहँुदा पनि हामीलाई कुनै फरक पर्दैन भनि एमालेका प्रतिनिधिप्रति तुच्छ व्यवहार गरेको विज्ञप्तीमा उल्लेख छ ।

पार्टीका वडा कमिटीका अध्यक्ष रामचन्द्र सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा बछौली माविमा विगतका देखि भइहेका एकल निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त घटनाको सत्यतथ्य एकिन नगरी विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि नबढाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट