चितवन : प्रहरी भन्दा सर्वसाधारण नागरिक डराउने गर्छन् तर जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी निरिक्षक गायत्रीराज शर्माको नाम सुन्दा जनतामा खुसी न्यायको अनुभूती गर्ने नाम हो तिनै शर्मा ट्राफिक व्यवस्थपनमा उत्कृष्ट कार्य गरे पछि सम्मानित भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा आफ्नो कार्यकाल पुरा गरि सरूवा भई जानु भएका प्रजिअ प्रकाश पौडेलले ट्राफिक प्रहरी शर्मालाई सम्मानपत्रसहित सम्मानित गरेका हुन् ।
शर्मालाई दुर्घटना न्युनीकारण, सुरक्षित तथा मर्यादित यात्राका लागि शर्माले महत्वपूर्ण भूमिका खेलेकोले सम्मान गरिएको प्रजिअ पौडेलले बताए । शर्माले विविध नवीनतम् कार्यक्रम मार्फत ट्राफिक सचेतना अभिवृद्धि गर्दै सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा गर्नुभएको योगदानको कदर स्वरूप सम्मान गरिएको पत्रमा उल्लेख छ । ’सुरक्षित र मर्यादित यात्राका लागि ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहन्छ । त्यसैमा प्रहरी निरीक्षक शर्माको भूमिका अति राम्रो देखियो,’ उनले भने, ’चितवनमा रहेर उहाले एकदमै राम्रो भूमिका निर्वाह गरेको हामीले पायौ ।’ हरेक नयां नयां सचेतनामूलक कार्यमा उहाको सक्रियता एकदम महत्वपूर्ण छ - पौडेलले अगाडी थपे ।
सिडियो पौडेलले आफ्नो कार्यकालमा राम्रो र उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गर्ने नीति रहेको बताए । उनले सम्मानले थप राम्रो काम गर्ने हौसला मिल्ने बताए । ’यो सम्मानले थप हौसला मिल्ने छ,’ उनले भने ।सम्मान पत्र ग्रहण पछि शर्माले सम्मानले अझ धेरै जिम्मेवारी थपेको धारणा राखे । उनले चितवनको ट्राफिक व्यवस्थापनमा दिलो ज्यान लगाउने जिकिर गरे । ’ ट्राफिक शिक्षक, Two Minutes with Two Wheelers, असल चालक सम्मान, मोटरसाइकल स्कुटर स्लो रेस प्रतियोगिता लगायत प्रहरी निरीक्षक गायत्रीराज शर्माले शुरु गरेका कार्यक्रम हाल नेपाल भर कार्यान्वयनमा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij