Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

टीसीएलद्वारा ओलम्पिक स्की च्याम्पियन आयलीन गुलाई ग्लोबल ब्रान्ड एम्बासेडर नियुक्त

टीसीएलद्वारा ओलम्पिक स्की च्याम्पियन आयलीन गुलाई ग्लोबल ब्रान्ड एम्बासेडर नियुक्त

काठमाडौँ : विश्वव्यापी प्रविधि कम्पनी टीसीएलले ओलम्पिक फ्रीस्टाइल स्की च्याम्पियन आयलीन गु लाई आफ्नो नयाँ ग्लोबल ब्रान्ड एम्बासेडर नियुक्त गरेको छ । यो नियुक्ति टीसीएल को विश्वव्यापी ओलम्पिक साझेदारी तथा ओलम्पिक आन्दोलनलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताको हिस्सा हो ।

१८ वर्षको उमेरमा सबैभन्दा कान्छी ओलम्पिक विजेता बनेकी तथा एउटै शीतकालीन ओलम्पिक खेलमा तीन पदक जित्ने पहिलो फ्रीस्टाइल स्कीयरको रूपमा इतिहास रचेकी गु टीसीएल को मूल मन्त्र ‘महानता प्रेरित गर्ने’ को प्रतिकका रूपमा प्रस्तुत भएकी छन् ।

“म टिम टीसीएलको ग्लोबल ब्रान्ड एम्बासेडरको रूपमा यो नयाँ भूमिकामा आउन पाउँदा उत्साहित छु,” गुले भनिन्, “टीसीएलले पनि साहस र उत्साहमार्फत विश्वलाई परिवर्तन गर्ने अभियानमा विश्वास राख्छ । म प्रत्येक पटक स्की गर्ने क्रममा प्रगतिको खोजी गर्छु, र टीसीएल ले पनि आफ्ना नवप्रवर्तनमार्फत त्यही भावना प्रदर्शन गर्छ ।”

टीसीएल र आयलीन गुबिचको यो सहकार्यले आगामी शीतकालीन ओलम्पिक २०२६ मिलानो–कोर्तिना तर्फ अग्रसर यात्रामा थप ऊर्जा प्रदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij