Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

चितवन : भरतपुर -२ क्षेत्रपुर चितवनमा रहेको फोर्ब्स कलेजले सुदूरपश्चिम विश्वविद्यालय संग संबंधन लिएर बिबिए कार्यक्रम यस वर्ष देखि संचालन गर्ने भएको छ । ६६ जनाको कोटा रहेको कार्यक्रममा भर्ना कार्यक्रम संचालन भैरहेको र यस वर्षका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी गराउनु भयो ।

छात्रबृतिबाट जेहेन्दार, गरिव , जनजाति, शहीद परिवार , अल्पसंख्यक,फ़रक क्षमता भएका आदि विद्यार्थीहरू लाभान्वित हुन सक्ने छन् । साथै पहिलो २० जना भर्ना हुने विद्यार्थीलाई विशेष छात्रबृति रहेको पनि जानकारी प्राचार्य पाठकले गराउदै समयमा नै कलेजमा सम्पर्क गर्न विद्यार्थी तथा अभिभावकलाई आव्हान गर्नू भएको छ ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सैध्दान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक शिक्षा , अतिरिक्त क्रियाकलाप , इण्डस्ट्रीयल एक्सपोजर , व्यक्तिगत विकास, बिज़नेस स्टार्टअप आदिको माध्यमबाट अध्यापन गराउने र पास भएका संपूर्ण विद्यार्थीहरुलाई आफ्नै व्यवसाय गर्न ,रोजगारी प्राप्त गर्न विभिन्न संघ , संस्था आदि संग समन्वय गरी सहयोग गर्रनकलेजले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट